सिनर्जी पावर डेभलपमेन्टले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितापत्र बोर्ड (सेबोन)सँग हकप्रद सेयर निष्काशनको अनुमति मागेको हो।
सेबोनाले अनुमति दिएमा कम्पनीले चुक्तापुँजी ५० प्रतिशत हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले २:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्री गर्नेछ।
कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीको गत कात्तिक २७ गते हकप्रद जारी गर्ने अनुमति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। आयोगले गत माघ १२ गते सिनर्जी पावरलाई हकप्रद जारी गर्ने स्वीकृति प्रदान गरेको थियो।
Artha Sanjal






