यस वर्ष नेपालीको प्रतिव्यक्ति आय बढ्ने भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५३ डलरले बढेर १ हजार ४३४ पुग्ने भएको छ । जसअनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ८९ हजार २८८ रुपैयाँ हुनेछ ।
गत वर्ष प्रतिव्यक्ति आय १ हजार ३८१ डलर रहेको थियो । विगत चार वर्षयता अनुमानित आम्दानीको तथ्यांक लगातार बढिरहेको छ ।
प्रतिव्यक्ति आयको गणना गर्न कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गरिन्छ ।
नेपालको प्रतिव्यक्ति आम्दानी आगामी तीन वर्षभित्र करिब २ हजार अमेरिकी डलर पुग्ने अनुमान योजना आयोगको छ । आगामी आर्थिक वर्ष १ हजार ५७२ डलर आम्दानीको लक्ष्य भेट्टाउन १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट बनाउन आयोगले भनेको छ ।
Artha Sanjal






