ग्लोबल आईएमई बैंकको ऋणपत्र बाँडफाँड, कसको भागमा कति ?

ग्लोबल आईएमई बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ।गत माघ २९ गतेदेखि फागुन ५ गतेसम्म ऋणपत्र निष्काशन गरेको ऋणपत्र शुक्रबार बाँडफाँड भएको हो। “ग्लोबल आइएमई डिबेन्चरमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको थियो । सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको थियो । जसका अनुसार ऋणपत्रमा ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,००० कित्ता डिबेन्चरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त कित्ता निष्काशन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएको हुँदा आवेदन अनुसार समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको हो ।

सर्वसाधारणहरुको लागि निष्काशन गरिएको १९,३०,००० कित्ता डिबेन्चरको लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर रितपूर्वक भएकोमा जारी गरिएको डिबेन्चर संख्या भन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको थियो । जसअनुसार  २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको सनराइज क्यापिटलले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *