सिटिजन्स बैंकका ग्राहकले भारतको गुडगाँव हरियाणा स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा बिषेश छुट पाउने भएका छन् । सिटिजन्स बैंक र अस्पतालबीच भएको सम्झौतामा अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट व्यवस्था भएको हो ।
बैंक र अस्पतालको यस सहकार्यले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।
हालसम्म सिटिजन्स बैंकले १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।







