ग्लोबल आइएमई बैंकको ६४औं एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाँउपालिका वडा नं ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।

बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *