यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं बार्षिक साधारण सभा बिहिबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को लागि सो बोनश शेयर दिने भएको हो ।  बोनश शेयर वितरण गर्दा लाग्ने कर वापतको रकम शेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव पारित गरेको छ ।

सो साधारण सभाले कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत शेयर मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७।७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त बार्षिक साधारण सभामा सभाको अध्यक्ष्यता गर्नु भएका संचालक संदिप कुमार अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीका शेयरधानीहरुलाई अधिकतम् प्रतिफल प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी गराउनु हुदै कम्पनी मर्जर पश्चात पनि निरन्तर शेयरधनीहरुको हितमा कार्य गर्ने बताए ।

संचालक सचिन आचार्यले शेयरधनीहरुलाई विश्वासलाई सदैव सम्मान गर्दै अघि बढ्ने बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पु¥याउने जानकारी गराए । सो साधारणसभाको अध्यक्षता संचालक संदिप कुमार अग्रवालको गरेका थिए भने सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरो थिए । सभामा कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, नायव महाप्रबन्धक माधव प्रसाद शर्मा, प्रादेशिक प्रमुखहरु लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *