समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ।

सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिई राष्ट्र बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थापको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

गत भदौ २२ गते राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो । केन्द्रीय बैंकले सुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गरेको थियो। तर, यो संस्थाले तोकिएको समयावधिसम्म आफ्नो वित्तीय अवस्था सुधार्न नसक्दा र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेका कारण राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *