आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २० करोड ७ लाख रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने ४३ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ४१ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *