सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा हालसम्मकै महंगो हो।
यसअघि गत माघ १२ गते सुनको मूल्यले उच्चको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।






