शुभम पावरको आईपीओ आजबाट बिक्री खुला

शुभम पावर लिमिटेडले आज (माघ १८ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

त्यस्तै, ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागिव खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

शुभम पावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *