विमान दुर्घटना : थप एक महिलाको शव भेटियो, एक जनाको स्थिति अझै अज्ञात

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनामा परेका थप एक जनाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको छ । सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ । नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *