बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट आपÞmरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम  १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यू पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *