प्रभु बैंक लिमिटेडले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर प्रकाशन गरेको छ । पुस महिनासम्म रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत व्याज प्रदान गरेको बैंकले अहिले त्यसलाई घटाएर १२ प्रतिशतमा झारेको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका यस प्रकारको छः

Artha Sanjal







