सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *