सानिमा लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले सेयरधनीहरुलाई बोनस र नगद लाभांश वितरण गर्ने छैन।

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाउने छ। बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले वित्तीय विवरण पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *