बालकोटमा सुरु भयाे चार दलको संयुक्त बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । ओलीसहित बालुवाटार बैठक छाडेर बालकोट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि प्रचण्ड गठबन्धनको वार्ता छाडेर ओलीसँगको छलफलमा पुगेका हुन् । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । अहिले यी दलहरुबीच छलफल चलिरहेको छ । प्रचण्डलाई पहिला प्रधानमन्त्री दिन एमाले अध्यक्ष ओली तयार रहेको विवरणहरु पनि बाहिरिएका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *