अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

धान उत्पादनमा कमी

  • अर्थ सन्जाल
  • १० पुष २०७९, आईतवार १४:४६


गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो ।

गत वर्ष १४ हजार २६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार यसवर्ष जिल्लामा दुई हजार एक सय ३५ हेक्टर जमिनमा धान खेती कम भएको र गत वर्षको तुलनामा चार हजार सात सय २६ मेट्रिक टन धान कमी भएको छ ।

यसवर्ष जिल्लामा खेतीयोग्य जमिनमध्ये ९७ प्रतिशतमा धान खेती गरिएको थियो भने करिब तीन प्रतिशत जमिन बाँझो रहेको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका धानको बीउको अभाबका साथै क्षेत्रफल पनि कम हुँदा उत्पादनसमेत कमी हुन थालेको छ । गतवर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार सात सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

सुन्दरबजार नगरपालिका–४ का लक्ष्मण लामिछानेले गतवर्ष करिब ३० रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएकामा यसवर्ष २० रोपनी क्षेत्रफलमा गरिएको धान खेतीबाट करिब ७० मुरी धान उत्पादन भएको उनको भनाइ थियो । गत वर्षमा ३० रोपनीमा धानखेती गर्दा ८० देखि १०० मुरिसम्म धान उत्पादन गर्दै आए पनि गोरु, कामदार अभावलगायत कारण कम क्षेत्रफलमा धानखेती गर्नु परेको उनले बताए।

त्यस्तै वडाध्यक्षसमेत रहनुभएका सोही स्थानका कृष्णप्रसाद अधिकारीले विगतमा ३० रोपनीमा जमिनमा धानखेती गर्दै आए पनि यसवर्ष गत १० रोपनी जमिनमा मात्र धानखेती गर्ने । प्रतिरोपनी एकमुरी धान उत्पादन भएको उनको भनाइ थियो । जिल्लामा धानखेतीमा कमी हुनाकमा साथै उत्पादन पनि घट्दै गइरहँदा बजारको चामल खरिद गरेर खानुपर्ने जिल्लावासीको बाध्यता कायम छ ।

त्यस्तै आर्थिक वर्ष २०७६÷२०७७ मा १४ हजार दुई सय ८० हेक्टर क्षेक्रफल जमिनमा लगाइएको धान खेतीबाट ४४ हजार चार सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै २०७५÷७६मा १४ हजार दुई सय ३० हेक्टर जमिनमा ४४ हजार एक सय ५५ मेट्रिकटन र २०७४÷२०७५ मा १४ हजार सात सय ९१ हेक्टर जमिनमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७३÷२०७४ मा १४ हजार चार सय ९६ हेक्टर जमिनमा ४३ हजार आठ सय ३० मेट्रिकटन, २०७२÷२०७३ मा १५ हजार आठ सय हेक्टर जमिनमा ४० हजार पाँच सय ७८ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैँचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा धान उत्पादन राम्रो भएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भने, “जिल्लामा सवित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो र सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।’’

किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको उनको भनाइ थियो ।

Artha Sanjal
मिती : १० पुष २०७९, आईतवार १४:४६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.