एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ।

सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन्।

अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटका लागि सहकार्य गरेको हो।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाइटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *