सेयर बजारमा दोहोरो अंकको वृद्धि

मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ बिन्दुमा पुगेको छ ।

त्यसैगरी ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले बढेर ३६६.६५ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ।

यसदिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ, भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज आँधीखोला लघुवित्त, शृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *