सेयर लगानीकर्ताको लागि स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा

सेयर लगानीकर्तालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधासहित ‘स्मार्ट कारोबार मोबाइल एप’ सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिक रूपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो ।

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरू छन् ।

एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो ।

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरु रहेको होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए ।

यो एपले सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने श्रेष्ठ बताउँछन् ।

अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ।

यसैगरी प्याकेजमा उपलब्ध गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन्।

एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निःशुल्क प्रयोग गर्न पाउने छन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन्।

यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए। यी प्याकेजको रकम भुक्तानी ई–सेवाबाट गर्न सकिनेछ। यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निःशुल्क प्रयोग गर्न सकिन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *