मिर्मिरे लघुवित्तले संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने भएको छ। संस्थाले हाल संस्थापक सेयरधनीहरुको ७० प्रतिशत सेयर संरचना रहेकोमा अब ५१ प्रतिशत कायम गर्ने भएको हो ।
संस्थाले संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने सम्बनधमा सम्पूर्ण संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र काभ्रेको बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
तोकिएको मितिभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोहीबमोजिम गरिने पनि संस्थाले स्पष्ट पारेको छ।
Artha Sanjal






