साफाबाट मेगासहित नेपालका ४ बैंक सम्मानित

दक्षिण एसियाली लेखा व्यवसायी महांसघ (साफा) बाट नेपालका ४ बैंक सम्मानित भएका छन् ।

नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाको आयोजनामा आइतबार भएको अन्तर्राष्ट्रिय कर तथा डिजिटल करेन्सीसम्बन्धी कन्फेरेन्स र बीपीए अवार्ड कार्यक्रममा तीन वाणिज्यहरु  मेगा बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक र एक विकास बैंक मुक्तिनाथ विकास बैंक सम्मानित भएका हुन् ।

उक्त बैंकलाई साफाले उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरेको हो । जसमा प्राइभेट सेक्टर बैंकअन्तर्गत सिद्धार्थ, मेगा र सनराइन बैंक र फाइनान्सियल सर्भिसअन्तर्गत मुक्तिनाथ विकस बैंक सम्मानित भएका छन्।

त्यसैगरी उत्कृष्ट वित्तीय प्रतिवेदन भएका बोटलर्स नेपाल पनि सम्मानित भएको छ। साफाले कर्जा सूचना केन्द्रलाई पनि बीपीए अवार्डबाट सम्मान गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *