सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज फुकुवा गरेको छ।

भोलि सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबार आउने भएको छ। प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा प्रारम्भिक सम्झौता भएको थियो।

यो सम्झौतासँगै नेप्सेले सेञ्चुरी बैंकको सेयर कारोबार साउन १६ गतेबाट रोक्का राखेको थियो।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरसम्बन्धी निर्देशका लागू गर्दै अब मर्जर प्रयोजनका लागि अब एकीकृत कारोबार सुरु भएपछि मात्रै बढीमा १५ दिन सेयर कारोबार रोक्का राख्न पाउने व्यवस्था गरेको छ ।

मर्जर प्रयोजनका लागि यसअघि रोक्का रहेको कुमारी बैंक, सिभिल बैंक, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक तथा आएमडीसी र साना किसान विकास लघुवित्तको सेयर कारोबार फुकुवा भइसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *