एनआईसी एसिया क्यापिटलमा ९९९ रुपैयाँमै ‘लाइफटाइम डिम्याट’ खाता

एनआईसी एसिया क्यापिटलले न्यून शुल्कमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ुपे वन टाइम फर्गेट लाइफटाइमु भन्ने नाराका साथ डिम्याट खातामा विशेष सुविधा ल्याएको छ । यस अन्तर्गत ९९९ रुपैयाँ एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन हुने अर्थात् डिम्याट खाता नवीकरण भइरहने योजना सञ्चालनमा ल्याएको छ ।

डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालले प्रत्येक वर्ष डिम्याट खाता नवीकरण शुल्क वापत १ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । उक्त नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था हुने गरेको पाइन्छ ।

हरेक वर्ष डिम्याट खाता नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने झन्झटिलो व्यवस्थालाई सहजीकरण गर्न क्यापिटलले न्यून शुल्कमा आजीवन डिम्याट खाता नवीकरण गरिदिने व्यवस्था मिलाएको हो । अनलाइन माध्यमहरु ईसेवा, खल्ती, कनेक्ट आईपीएस, फोनपे वा आईएमई पेमार्फत पनि यसको भुक्तानी गर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *