साफ यू-१५ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई अग्रता

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको सामना गरिरहेको छ । नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेलिरहेको हो । ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १(० गोलको अग्रता बनाएको छ ।

नेपालका लागि सुशिला केसीले १४ औं मिनेटमा गोल गरिन् । नेपाल र बंगलादेशबीचको यस खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ । नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *