जुम्लामा स्याउ उत्पादन बढ्यो

स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यस वर्ष स्याउ उत्पादन बढेको छ ।

जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको छ तर स्याउले उचित मूल्य नपाएको किसानको भनाइ छ ।

व्यवसायीले मौसममा प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए तर अहिले किसानहरू त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् ।

चन्दननाथ नगरपालिका–८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरेका छन् ।

‘मैले प्रतिकेजी ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी ६० रुपैयाँमा नेपालगञ्ज पुर्‍याए,’ उनले भने, ‘तर प्रतिकेजी ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *