प्रभु बैंककाे ५० लाखभन्दा बढी कित्ता सयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले ५० लाख १६ हजार १९९ कित्ता संस्थापक शेयर कात्तिक २२ गतेदेखि विक्री गर्दैछ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *