सदस्यलाई बचत फिर्ता गर्न नसक्दा यी २ सहकारी कालो सूचीमा

काठमाडौं । कर्जा सूचना केन्द्रले थप २ वटा सहकारी संस्थालाई कालो सूचीमा राखेको छ । कालो सूचीमा पर्ने सहकारीहरुमा आस्था बचत तथा ऋण सहकारी संस्था र हिँउचुली बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

उक्त सहकारीले बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण समयमै फर्छ्यौट गर्न नसक्दा, सदस्यलाई बचत फिर्ता गर्न नसक्दा कालो सूचीमा परेको हो । संस्थासँगै संस्थाका सञ्चालहरु पनि कालो सूचीमा परेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *