सनराइज क्यापिटलको एजीएमबाट २५ प्रतिशत लाभांश अनुमोदन

सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा शुक्रबार (कात्तिक १८ गते) काठमाण्डौमा सम्पन्न गरेको छ।

वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमा आर्थिक वर्ष २०७८–७९  वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ ।

यसका साथै आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *