भृकुटीमण्डपमा फेरि सुरु भयो जुत्ताचप्पल सेल मेला, ७० प्रतिशतसम्म छुट

काठमाडौंको भृकुटीमण्डप प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ।

नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएका छन्। मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा बेम्बो सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु राखिएको आयोजकले जनाएका छन्।

मेलामा क्याजुअल, स्पोर्टस्, पार्टी, बुट स्कुल, कलेज, कर्मचारीका युनिफर्म जुत्ताका साथै पुरुष, महिला र बालबालिकाका जुत्ताचप्पल राखिएका छन्। मेलामा १०० रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका जुत्ता भारी छुटमा किन्न पाइनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *