नेपाली कांग्रेसले मदिरा र सुर्तीजन्य पदार्थको करको दायरा बढाउने घोषणा गरेको छ। सुर्तीजन्य पदार्थमा लगाइने करको दायरा बढाउनुपर्ने माग उठिरहेको बेला कांग्रेसले उक्त घोषणा गरेको हो।
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ”मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्रि वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिनेछ।”
सुर्तीजन्य पदार्थमा हाल सरकारले ३० प्रतिशत कर लगाउँदै आएको छ। जुन दक्षिण एसियाकै सबैभन्दा कम कर लगाउन देशमा पर्दछ। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले पनि सुर्तीजन्य पदार्थमा लाग्ने करलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउन सुझाव दिएको छ।
Artha Sanjal






