शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

बुधबार सेयर बजारको परिसूचक नेप्से १८४५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १२.८१ अंक घटेको हो । कुल ६४ करोड ३६ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । २३ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने २ को स्थिर रह्यो ।

बैंकिङ २, विकास बैंक ४५, फाइनान्स ३९, जलविद्युत् ३५, जीवन बीमा १८, उत्पादन ४२, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ५५, अन्य १४ र ब्यापार उपसमूह १६ अंक घटे । होटल तथा पर्यटन उपसमूह भने ३९ अंक बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *