सिभिल बैंकले गर्‍यो पशुपति क्षेत्रको विरुवा संरक्षण गर्न ‘ट्री गार्ड’ सहयोग

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई गरेका हुन् ।

सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब रू ८ लाख रहेको छ । सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ ।

कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *