बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १० अर्ब

बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो।

गत असोज २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा असोज २४ गतेसम्म घटेर ५१ खर्ब १७ अर्ब रुपैयाँमा झरेको हो ।

यो एक दिनमा वाणिज्य बैंकहरुको मात्रै ११ अर्ब रुपैयाँले निक्षेप घटेको छ । अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा असोज २४ गतेसम्म घटेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा घटेको छ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असोज २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा असोज २४ गतेसम्म घटेर ४७ खर्ब २५ अर्ब रुपैयाँमा घटेको छ।

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ। गत असोज २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप घटेसँगै असोज २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.२० प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८७.०५ प्रतिशत थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *