सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी सेमराज शाक्यको नाममा रहेको उक्त सेयर बिक्रीमा  गर्ने भएको हो।

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन।

अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। यसका लागि बैंकले १५ दिनको समय दिएको छ। यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *