माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिरहाको बन्दिपुरमा

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा  एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको उदघाटन गरेको हो ।

कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा काउन्टर उद्घाटन गरेका हुन् ।  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।   नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न  तथा भुक्तानी,विप्रेषण  लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *