रिलायबल लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, आईपीओ जारी गर्ने मुख्य एजेण्डा ?

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयानुसार उक्त सभा आगामी कात्तिक ६ गते बिहान साढे ११ बजे लिलरा ब्यांकेट, ज्ञानेश्वरमा सुरु हुनेछ।

सभाले आईपीओ निष्काशन गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणमा जारी गरिने जारी पूँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *