कामना सेवा विकास बैंकद्वारा स्मार्टफोन विजेता घोषणा

कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक सञ्चालनमा ल्याएको थियो।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नका लागि बैंकले आफ्ना ग्राहकलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफरमध्ये एफवान सफ्टसँगको साझेदारीमा सञ्चालन गरेको अफरअन्तर्गत कामना सेवाका ग्राहकले आफ्नो केएस आईमोबाइल एपमार्फत कुनै पनि तीनवटा फरक ट्रान्ज्याक्सन गरेका दुईजनाले स्मार्टफोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका छन्  ।

उक्त कारोबार गर्ने ग्राहकहरुबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा लक्की ड्र गरी हेटौँडाका अजित बिडारी र वीरगन्जको पर्फेक्ट सोलुसन सेन्टरलाई स्मार्टफोनको विजेता घोषणा गरिएको थियो।

उक्त स्मार्टफोन बैंकले भाग्यशाली ग्राहकलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *