फेरि बढ्याे कच्चा तेलको मूल्य

अमेरिकामा आँधी आउँदा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति अवरुद्ध हुँदा मूल्य बढेको हो। गत सोमबार कच्चा तेलको  मूल्य नौ महिनाकै न्यून विन्दुमा झरेको थियो । तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको छ।

अमेरिकी अपतटीय तेल उत्पादकहरुले इयान आँधीलाई नजिकबाट निगरानी गरिरहेका छन्। जसका कारण मेक्सिकोको खाडीमा करिब ११ प्रतिशत तेल उत्पादन प्रभावित भएको छ।

तेलको मूल्य बढ्नुको अर्को कारण भनेको मंगलबार डलर मूल्य घट्नु पनि हो।

यसैगरी अक्टोबर ५ मा अपेक प्लस राष्ट्रहरुको बैठक बस्दैछ । बैठकमा तेल उत्पादन कटौती गर्ने निर्णय पनि हुन सक्छ। यही कारणले मंगलबार अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य बढेको जानकारहरु बताउँछन्।

मंगलबार ब्रेन्ट क्रुडको मूल्य २.२१ डलरले बढेर प्रतिब्यारेल ८६.२७ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि १.७९ डलर बढेको छ। यो प्रतिब्यारेल ७८.५० डलर पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *