नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन आज छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






