एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डले गत आर्थिक वर्ष २०७८/७९ लागि घोषणा गरिएको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै असोज ९ गतेबाट एनआईबिएल प्रगति फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी गराएको हो।
फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट इकाइधनीलाई दिएको ४.२०% नगद लाभांश खातामा जम्मा गरेको हो ।
हालसम्म आफ्नो डिम्याट अकाउन्टमा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई यथाशीघ्र अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ।
Artha Sanjal






