राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वइन्ट अफ सेल (पोस) का माध्यमबाट प्रतिकारोबार  १ हजार वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ।

भोलि असोज १० गतेदेखि आउँदो कात्तिक १३ गतेसम्म लागू हुनेछ। देशभर विभिन्न व्यवसायमा रहेका पोसका माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाण्ज्यि बैंककै पोस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक हुनेछ। यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा रु. ५००, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा रु. ७५०, ११ देखि १५ पटकको कार्ड स्विफमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी असोज ७ देखि असोज १४ गतेसम्म र कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा रु. १०० जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *