प्रभु बैंकका ग्राहकलाई पोखरास्थित क्रेभ रेष्टुरेन्टमा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र पोखरा स्थित क्रेभ रेष्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरीचोक शाखा कार्यालय प्रमुख सुश्री सुनीता गुरुङ र क्रेभ रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर मिलन थकालीद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकलाई क्रेभ रेष्टुरेन्टद्धारा सञ्चालित “फुड” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत क्रेभ रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, क्रेभ रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *