नेपाल वाल प्लास्टको दशैं सौगात योजना

ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ ।

“निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको जनाएको छ । यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागु हुने छ ।

घर बनाउदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूणर् भुमिका खेल्ने कम्पनीको अनुमान रहेको छ ।

व्यस्त जीवनशैलीमा समयको बचत नै अमुल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिए ।

विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकशित देशहरुमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *