एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौँ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ ।
जसअनुसार आश्विन १ गतेदेखि कार्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS तथा मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत QR भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुनेछ । साथै, यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सकिनेछ ।
त्यसैगरी विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं QR भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ । किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं NIC ASIA MoBank प्रयोगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।
आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको iServe मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।






