नबिलले ल्यायो ‘दसैँतिहार घर कर्जा धमाका’ योजना

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दसैँतिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ।  यस योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ। यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंगरोगनका लागि उपलब्ध गरिएको छ।

बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ।

३५ वर्षसम्मको कर्जाअवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ।  यो योजना सीमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *