३३.९७ अंकले नेप्से घट्दा १ अर्ब ७२ करोडको कारोबार

नेप्से साताको कारोबारको पहिलो दिन आज आइतबार  घटेको छ । आज नेप्से ३३.९७ अंकले घटेर एक हजार ८ सय ७६ दशमलब ४१ विन्दुमा बन्द भएका हो ।

आज नेप्सेमा एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।  कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *