मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाखसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलोपटक सर्वाधिक १ करोड १ लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार।मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफ्ना लागि  २१ लाख र परिवारको २ जना सदस्यहरुका लागि  ३० लाख गरी कुल  ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन्।

यसैगरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम १ लाख मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफ्ना लागि  २१ लाख र परिवारको ४ जना सदस्यहरुका लागि ८० लाख गरी कुल १ करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन्।

बीमा सुविधाअन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *