डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । गत साताको मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दाबी स्वीकार गरेको हो ।
१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।
जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दाबी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दाबी भुक्तानी बाँकी छ ।
उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दाबी भुक्तानी गर्ने बीमा समितिले जनाएको छ ।
Artha Sanjal






