बैंकिंङ प्रणालीको निक्षेप ८ अर्ब बढ्यो

बैंकिंङ प्रणालीको निक्षेप बढेको छ । भदौ महिनाको १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेकोमा भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको बैंकर्स संघले जनाएको छ ।

कर्जा प्रवाह भने ७  अर्बले बढेको छ । संघका अनुसार भदौ १७ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रहेकोमा भदौ २४ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ७ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८८.३६ प्रतिशत रहेको संघले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप ९६ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ २४ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४५ अर्ब पुगेको हो ।

facebook sharing button
twitter sharing button
pinterest sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *